×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

 दूरसञ्चार प्राधिकरणका दुईजना पूर्वअध्यक्ष भ्रष्टाचारी ठहर 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

 दूरसञ्चार प्राधिकरणका दुईजना पूर्वअध्यक्ष भ्रष्टाचारी ठहर 

Artha Sarokar

२३ फाल्गुन २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाल भ्रष्टाचारी ठहर भएका भएका छन् । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) भ्रष्टाचार मुद्दामा विशेष अदालतले उनीहरुलाई दोषी ठहर गरेको हो । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले झा र खनाललाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमडिएमएस प्रणाली खरिदमा भ्रष्टाचार भएको भन्दै २०८० पुषमा झा र खनालसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर, अन्यलाई भने अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । 

विशेष अदालतले २३ लाख २० हजार रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै सो बराबरको बिगो कायम गरेको छ । तर, अख्तियारले भने ठेक्का भएको ९१ करोड ९८ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी