Skip to content
LAXMI SUNRISE BANK

भाटभटेनीमा तोडफोड, सामान पनि चोरियो… (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँमा । राजावादीको आन्दोलनमा सहभागी आन्दोलनकारीहरुले भाटभटेनीमा लुटपाट गरेका छन् ।

शुक्रबार आन्दोलनले उग्र रुप लिएपछि भाटभेटनी प्रवेश गरेका आन्दोलनकारीले भाटभटेनीमा लुटपाट गरेका हुन् ।

उनीहरुले भाटभटेनीका संरचना तोडफोड समेत गरेका छन् । भाटभटेनी प्रवेश गरेका आन्दोलनकारीले भाटभटेनीबाट बियर, किचेनका समान, फलफुल, मेकअपका सामान, तरकारी, आइसक्रिम लगायतका सामानहरु चोरी गरेका छन् ।

भाटभटेनीको लुटपाटमा आन्दोलनमा सहभागी भएका आन्दोलनकारी बाहेक अन्य व्यक्तिहरु पनि संलग्न रहेको पाइएको छ । प्रहरीले उनीहरुको खोजीकार्य गरिरहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK