काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले नेपाललाई दुई वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने दाबी गरेका छन् । प्रतिनिधि सभामा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले दुई वर्ष भन्दा अगाडि नै मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने दाबी गरेका हुन् ।
उनले नेपाल ‘ग्रे लिस्ट’मा परेसँगै आफूहरु सघन निगरानीमा रहेको भन्दै सरकारले निर्धारित समयमा काम सम्पन्न गरेर मुलुकलाई ‘ग्रे लिस्ट’बाट निकाल्ने दाबी गरेका छन् ।
त्यस्तै, अर्थमन्त्री पौडेलले नेपाल ‘ग्रे लिस्ट’मा पर्नुमा अहिलेको सरकारको नभई अरु कसैको भूमिका रहेको पनि बताएका छन् । यद्यपि यो सरकार देशलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न गम्भीर रुपमा लागि परेको पनि उल्लेख गरेका छन् ।
नेपाललाई ‘ग्रे लिस्ट’बाट निकाल्न दुई वर्षको समय पाइएको भए पनि मुलुकलाई त्यसअघि नै ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्ने अर्थमन्त्रीले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्