काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर छान्ने काममा ठाडो राजनीतिक हस्तक्षेप भएको पाइएको छ । परराष्ट्रमन्त्री आरजु राणाले गभर्नर छान्ने काममा ठाडो हस्तक्षेप गरेपछि अहिले गभर्नर नियुक्तिका लागि गठन गरिएको सिफारिस समिति निष्क्रिय बनेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २५ गते सकिँदैछ । कार्यकाल सकिनुअघि गभर्नर अधिकारी ‘फोर्स लिभ’मा छन् ।
गभर्नरको कार्यकाल सकिँदै गर्दा सरकारले नयाँ गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय समितिसमेत गठन गरिसकेको छ । उक्त समितिमा डा. विश्वनाथ पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य छन् । तर, हाल राजनीतिक हस्तक्षेपकै कारण उक्त समितिका सदस्यहरुको नाम फेर्ने प्रयास भइरहेको स्रोतले दाबी गरेको छ ।
यसो त यसअघि राष्ट्र बैंक एमालेको भागमा पर्नेगरि नेपाली काँग्रेस र एमालेबीच प्रारम्भिक सहमति भए पनि परराष्ट्रमन्त्री आरजु राणाले सिफारिस समितिमा असन्तुष्टि व्यक्त गरेपछि गभर्नर नियुक्तिको औपचारिक प्रक्रिया अघि बढाउन नसकिएको बताइएको छ । यतिसम्म की गभर्नर नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिको विषय मन्त्रिपरिषद्को माइन्युटमा समेत उल्लेख गरिएको छैन ।
काँग्रेसका एक नेताका अनुसार हाल परराष्ट्रमन्त्री र पार्टी सभापति शेर बहादुर देउवा गभर्नर काँग्रेसकै भागमा पार्ने पक्षमा देखिएका छन् । उक्त अडानमा पूर्वअर्थमन्त्री प्रकाशशरण महत लगायतका नेताहरुले पनि साथ दिएका छन् । यही राजनीतिक हस्तक्षेपका कारण गभर्नरको कार्यकाल सकिन १३ दिन मात्रै बाँकी रहँदा पनि सरकारले नयाँ गभर्नर छान्ने प्रक्रिया अघि बढाउन सकेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्