काठमाडौँ । मधेश प्रदेशमा स्वास्थ्य सामाग्री खरिद गर्दा ५२ करोड भ्रष्टाचार गरिएको पाइएको छ । मधेश प्रदेशका ८ जिल्लाका एक सय ३६ पालिकामा प्रदेश सरकारले स्वास्थ्य सामाग्री खरिद गर्दा ५२ करोड रुपैयाँ भ्रष्टाचार भएको पाइएको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले पालिकाहरुमा जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापनाका लागि आवश्यक उपकरण खरिद गर्दा ५२ करोड ९ लाख ८७ हजार ४ सय ६० रुपैयाँ भ्रष्टाचार गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्ष निकालेको छ ।
स्वास्थ्य सामाग्री खरिद गर्दा ५२ करोड भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले विशेष अदालतमा चारवटा मुद्दा दर्ता समेत गरेको छ । उक्त मुद्दामा अख्तियारले भ्रष्टाचार भए बराबरको रकम बिगो माग दाबी गरेको छ ।
मुद्दामा मुद्दामा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, जनस्वास्थ्य प्रयोगशालाका निर्देशक श्रवणकुमार मिश्रसहित १४ जनालाई प्रतिवादी बनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्