काठमाडौँ । दुर्गा प्रसाईंलाई नेपाल ल्याउने ‘रुट’ परिवर्तन गरिएको छ । प्रसाईंलाई काँकरभिट्टा नाका हुँदै नेपाल ल्याउने भनिए पनि मेची पुलमा प्रसाईंका समर्थक भेला भएपछि प्रसाईंलाई नेपाल ल्याउने ‘रुट’ परिवर्तन गरिएको हो ।
हाल प्रसाईंलाई काँकरभिट्टा नाका नभएर भद्रपुरतर्फको गलगलिया नाका हुँदै नेपाल ल्याउने तयारी गरिएको बुझिएको छ । हाल मेची पुलमा प्रसाईंका आफन्त र समर्थकहरु भेला भएका छन् । प्रसाईंका समर्थक जम्मा भएपछि प्रहरीले सुरक्षा व्यवस्था पनि दोब्बरले बढाएको छ ।
प्रसाईंलाई बिहीबार भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रसाईंको सचिवालयले भने प्रसाईंले स्वयम् प्रहरीमा पुगेर आत्मसमर्पण गरेको बताएको छ । यता नेपाल प्रहरीले भने प्रसाईंलाई पक्राउ नगरिएको बताएको छ । तर, औपचारिक रुपमा नेपाल प्रहरीले पक्राउ नगरेको भएकाले पक्राउ नगरिएको दाबी प्रहरीले गरेको हुनसक्ने बताइएको छ ।
प्रसाईंलाई नेपाल ल्याएपछि नेपाल प्रहरीले औपचारिक रुपमा पक्राउ गरेर सार्वजनिक गर्ने तयारी रहेको बुझिएको छ । पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट भारतीय प्रहरीको नियन्त्रणमा आएका प्रसाईंलाई नेपाल ल्याइँदै गरेको प्रसाईंको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्