Skip to content
LAXMI SUNRISE BANK

भाटभटेनी लुटपाट प्रकरणः रक्सी चोरेको आरोपमा रास्वपाका नेता पक्राउ, कसरी खुल्यो पोल ?  

अर्थ सरोकार

काठमाडौँ । चैत १५ गते (शुक्रबार) राजावादीको आन्दोलनका क्रममा कोटेश्वरको भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता समेत पक्राउ परेको खुलेको छ ।

प्रहरीले रास्वपाका निर्वाचन क्षेत्र समिति खोटाङका संयोजक समेत रहेका ६३ वर्षीय राजकुमार राईलाई पक्राउ गरेको खुलेको हो ।

उनीमाथि भाटभटेनी सुपरमार्केटमा भएको तोडफोड लुटपाटमा संलग्न रहेको सँगै रक्सी चोरेकोसमेत आरोप लगाइएको एक प्रहरीले बताएका छन् । ती प्रहरीका अनुसार उनलाई भाटभटेनी घटनाको सीसीटिभी फुटेज हेरेर पक्राउ गरिएको हो । 

फुटेजका आधारमा पक्राउ परेका राईमाथि सुरुमा पाँच दिन र बुधबार पुनः ६ दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राईले अमेरिकाबाट पिएचडी गरेका थिए भने सीसीआरसी कलेज बालकुमारीका डाइरेक्टरसमेत हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK