×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भैरहवामा अन्तराष्ट्रिय उडान बन्द हुँदा व्यवसायी तनावमा, प्रधानमन्त्री र मन्त्रीलाई विमानस्थल प्रवेशमा रोक लगाउने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

भैरहवामा अन्तराष्ट्रिय उडान बन्द हुँदा व्यवसायी तनावमा, प्रधानमन्त्री र मन्त्रीलाई विमानस्थल प्रवेशमा रोक लगाउने !

Artha Sarokar

२८ चैत्र २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भैरहवाका व्यवसायीहरुले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री र मन्त्रीलाई प्रवेशमा रोक लगाउको चेतावनी दिएका छन् । भैरहवा विमानस्थलमा सबै अन्तराष्ट्रिय उडान बन्द भएपछि चरणबद्ध आन्दोलनको घोषणा गर्दै व्यवसायीहरुले यस्तो चेतावनी दिएका हुन् ।

अन्तराष्ट्रिय विमानस्थल बनेपछि सोही विमानस्थललाई टार्गेट गरेर निजी क्षेत्रले अर्बौं लगानी गरे पनि सरकारको बेवास्ताका कारण विमानस्थल पूर्ण क्षमतामा चल्न नसकेको व्यवसायीहरुको आरोप छ । 

विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा होटल तथा पर्यटन क्षेत्रमा आफूहरुले गरेको अर्बौं लगानी डुब्ने जोखिम देखेपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । व्यसायीहरुको उक्त आन्दोलनमा सिद्धार्थ उद्योग वाणिज्य संघ, सिद्धार्थ सञ्जाल र उद्योग व्यापार संगठन, रुपन्देहीले समर्थन जनाएका छन् ।

केही समयदेखि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान गर्दै आएका एयरलाइन्स कम्पनीले उडान रोकेपछि विमानस्थल सुनसान छ । विमानस्थल सुनसान हुँदा व्यवसायी तनावमा परेका छन् । विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न माग गर्दा पनि सरकारले चासो नदेखाएपछि चरणबद्ध आन्दोलन घोषणा गर्नुपरेको व्यवसायीहरुले बताएका छन् । उनीहरुले आफूहरुका मागप्रति चासो नदिए प्रधानमन्त्री, मन्त्री र सरकारका विशिष्ट पदाधिकारीलाई समेत विमानस्थल प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन् ।

आन्दोलनकै कार्यक्रम अन्तर्गत व्यवसायीले आन्तरिक उडानतर्फका टिकट काट्न रोक लगाउने र विमानस्थलमा आवातजावत समेत बन्द गराउने बताएका छन् । उनीहरुले भैरहवामा म्यानपावर कम्पनी, भिसा सेन्टर कार्यालय, स्वास्थ्य परीक्षण र श्रम स्वीकृतिको व्यवस्था गर्न माग गरेका छन् । त्यस्तै, नेपाल एयरलाइन्सले दैनिक उडान गर्नुपर्ने, अन्य वायुसेवालाई पनि भैरहवा ल्याउनुपर्ने र भारतसहित अन्तरप्रदेश तत्काल उडान हुनुपर्ने माग व्यवसायीहरुले राखेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी