Skip to content
LAXMI SUNRISE BANK

‘भ्रष्टाचारका काण्डले देश अस्तव्यस्त बन्यो’- सांसद सिंह

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बहादुर सिंहले भ्रष्टाचार काण्डहरुले देश अस्तव्यस्त अवस्थामा गइरहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पोखरा अन्तराष्ट्रिय विमानस्थल, भैरहवा अन्तराष्ट्रिय विमानस्थलको भ्रष्टाचार काण्डले देश अस्तव्यस्त अवस्थामा गइरहेको बताएका हुन् । 

‘देश अस्तव्यस्त अवस्थामा छ । एक महिना हुन लागिसक्यो  शिक्षक आन्दोलन, मिटरब्याजी आन्दोलन, सहकारी पीडित आन्दोलन, डाक्टरहरुको  आन्दोलन र कर्मचारीहरु पनि आन्दोलनका लागि तयार हुँदैछन् । नयाँ नयाँ भ्रष्टाचार काण्ड आइराखेको छ ।’, उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको कथा बजारमा छर्लङ्ग आइराखेको छ ।’

त्यस्तै, उनले भ्रष्टाचार काण्डहरु ओझेलमा पार्नको लागि यो सरकारले ‘राजावादीहरुले देशमा अस्थिरता ल्याए’ भन्दै आरोप लगाइरहेको पनि बताएका छन् । उनले सदनमै पनि ‘राजावादीहरुलाई फोड्नुपर्छ, जेलमा हाल्नुपर्छ’ भन्ने अभिव्यक्ति आएको समेत बताएका छन् । 

सांसद सिंहले आफूहरुबाट गल्ती भएको भए कारवाही भोग्न तयार रहेको भन्दै देशको उन्नति र प्रगति गर्न भ्रष्टाचारीहरुको छिनोफानो गर्नुपर्नेमा जोड दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK