Skip to content
LAXMI SUNRISE BANK

यौन दुर्व्यवहारको मुद्दामा बम्जनलाई अदालतले दियो सफाइ 

अर्थ सरोकार

काठमाडौँ । यौन दुर्व्यवहारको आरोप लागेका रामबहादुर बम्जनले सफाइ पाएका छन् । उच्च अदालत जनकपुरले बम्जनलाई सफाइ दिएको हो । 

जिल्ला अदालत सर्लाहीको फैसलालाई उल्ट्याउँदै जिल्ला उच्च अदालत जनकपुरले न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई यौन दुर्व्यवहारको मुद्दामा सफाइ दिएको हो । 

रामबहादुर बम्जनसँगै अदालतले २०८० चैत ६ गते बाल यौन दुराचारको मुद्दा लागेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनलाई पनि सफाइ दिएको छ । उनीहरु दुवैजनाले जिल्ला अदालतबाट पनि सफाइ पाएका थिए । 

यसअघि जिल्ला अदालत सर्लाहीले रामबहादुर बम्जनलाई २०८१ असार १७ गते १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK