काठमाडौँ । २५ करोड रुपैयाँ बराबरको डलर तस्करी प्रकरणमा पक्राउ परेका ट्रक चालक कुसाङ लामा कारागार चलान भएका छन् । फुच्चे भनेर चिनिने लामालाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
उनलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । अदालतको आदेशपछि लामालाई कारागार चलान गरिएको छ ।
उनलाई २५ करोड रुपैयाँ बराबरको डलर र युरो तस्करी गर्दै गरेको अवस्थामा प्रहरीले ट्रकसहित पक्राउ गरेको थियो । उनी उक्त तस्करी प्रकरणमा भरिया भएको राजस्व अनुसन्धान विभागले निष्कर्ष निकालेको छ ।
यता सो प्रकरणमा ट्रकमा भेटिएको २५ करोडका मालिक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ घर भई टोखा नगरपालिका-१० बस्ने नारायण पौडेल रहेको विभागको निष्कर्ष छ । पौडेल हाल फरार छन् । उनलाई फरार प्रतिवादी बनाएर विदेशी विनिमय (नियमन गर्ने) ऐन, २०१९ को दफा ३,४,५ र ९ अनुसारको कसुरमा मुद्दा दर्ता गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्