काठमाडौँ । सिमेन्ट र फलामे छडमा अनिवार्य रुपमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) राख्नुपर्ने भएको छ । सरकारले उद्योगीहरुलाई फलामे छड र सिमेन्टमा अनिवार्य रुपमा एमआरपी राख्न निर्देशन दिएको हो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा अनुसार सिमेन्ट र फलामे छडमा एमआरपी वैशाख १ गतेदेखि लागू हुनेछ । त्यसका लागि उद्योगी व्यवसायीलाई आवश्यक निर्देशन समेत दिइसकिएको छ ।
यसो त सरकारले यसअघि चैत १४ गते एक सूचना जारी गर्दै सिमेन्ट र फलामे छडमा एमआरपी राख्न निर्देशन दिएको थियो । तर, उद्योगीहरुले सो बेला सरकारको उक्त निर्देशन लागू गर्न अस्वीकार गरेका थिए । तर, अब भने एमआरपी राख्न सिमेन्ट र डन्डी उद्योगी तयार भएका छन् ।
विभागमा भएको छलफलमा फलामे छड र सिमेन्टमा एमआरपी राख्न उद्योगी तयार भएको विभागका अधिकारीले बताएका छन् । विभागका अधिकारीका अनुसार सिमेन्ट र फलामे छडमा एमआरपी २०८२ बैशाख १ गतेदेखि नै लागू हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्