काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देश संकटमा रहेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले देश संकटमा रहेको बताएका हुन् ।
उर्जा क्षेत्रमा राजनीतिकरण भएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै कुलमानले अहिले देशको उर्जा मात्रै नभएर हरेक क्षेत्रमा राजनीति प्रवेश गरेको भन्दै अहिले देश गम्भिर अवस्थामा रहेको बताएका छन् ।
यद्यपि उर्जा क्षेत्रकै कारण देशले विकासतर्फ अघि बढेको दाबी गर्दै कुलमानले उर्जा क्षेत्रकै योगदानका कारण देश अँध्यारो युगबाट उज्यालो युगमा आएको बताएका छन् ।
तथापि अझै देशका धेरै क्षेत्र अँध्यारोमा रहेको कुलमानले बताएका छन् । ती क्षेत्र उज्यालो बनाउन देशको नेतृत्वले धेरै काम गर्नुपर्ने कुलमानले बताएका छन् । उनले आफूले काम गर्दागर्दै सरकारले गरेको बर्खास्तीको निर्णयप्रति आपत्ति जनाएका छन् ।
त्यस्तै, अब आफू आम सर्वसाधारणको बीचमा रहेको खबरदारी गर्ने घोषणका गरेका कुलमानले राजनीतिमा आउने संकेत समेत गरेका छन् । अब तपाईंको आगामी योजना के छ ? राजनीतिमा आउने हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै कुलमानले भने, ‘छिट्टै अर्को पत्रकार सम्मेलन गरेर सबै योजनाका विषयमा जानकारी दिन्छु ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्