काठमाडौँ । सरकारले जुत्ता, चप्पल र औषधिमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) राख्न निर्देशन दिएको छ । एक सूचना जारी गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जुत्ता, चप्पल र औषधिमा अनिवार्य एमआरपी राख्न निर्देशन दिएको हो ।
विभागले जुत्ता उत्पादक संघ नेपाल र रसायन तथा मेडिकल आपूर्ति संघ नेपाललाई एक सताभित्र एमआरपी राख्न निर्देशन दिएको छ ।
विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार यी दुई संघसँग भएको छलफलपछि उत्पादनमा एमआरपीसहितको लेबल राख्ने सहमति भएको हो । योसँगै अब जुत्ता, चप्पल र औषधिमा बैशाख ९ गतेको मितिबाट सात दिनभित्र अनिवार्य एमआरपी सहितको लेबल राख्नुपर्नेछ ।
एमआरपी राख्न दिइएको उक्त निर्देशन अटेर गरे कारवाही गरिने विभागले चेतावनीसमेत दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्