×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँ आज पनि विश्वकै दोस्रो प्रदुषित सहर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

काठमाडौँ आज पनि विश्वकै दोस्रो प्रदुषित सहर

Artha Sarokar

२५ चैत्र २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँ विश्वकै दोस्रो प्रदुषित सहर बनेको छ । केही दिनदेखि अत्याधिक बढिरहेको काठमाडौँको वायु प्रदुषणका कारण सोमबार काठमाडौँ विश्वकै प्रदुषित सहरको सूचीमा दोस्रो स्थानमा छ ।

आईक्यू एयरका अनुसार सोमबार बिहान काठमाडौँको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) २११ छ । जुन मानव स्वास्थ्यका लागि निकै अस्वस्थकर मानिन्छ ।

त्यस्तै, विश्वको प्रदुषित सहरको पहिलो नम्बरमा भारतको नयाँ दिल्ली छ । नयाँ दिल्लीको एक्यूआई २७७ छ भने विश्वकै तेस्रो प्रदुषित सहर पाकिस्तानको लाहोरको एक्यूआई २०८ छ । गत मंगलबार र शुक्रबार काठमाडौँ विश्वकै प्रदुषित सहरको सूचीमा पहिलो नम्बरमा थियो ।

काठमाडौँमा पनि अझ शंखपार्क क्षेत्रको हावा सबैभन्दा बढी प्रदुषित रहेको बताइएको छ । सोमबार बिहान शंखपार्ककको एक्यूआई २८४ मापन गरिएको छ । प्रदुषण व्यापक बढेपछि अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्किन चिकित्सकहरुले आग्रह गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी