Skip to content
LAXMI SUNRISE BANK

‘गभर्नर नियुक्तिका लागि २० करोडको डिल गरेको भेटिएपछि उर्जा राज्यमन्त्रीलाई बर्खास्त गरियो’- महेश बस्नेत

अर्थ सरोकार

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि २० करोडको ‘डिल’ गरेको प्रमाण फेला पारेपछि उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङलाई बर्खास्त गरिएको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट सार्वजनिक गर्दै बस्नेतले यस्तो बताएका हुन् ।

बस्नेतले तामाङले गभर्नर नियुक्तिका लागि २० करोडको डिल गरेको प्रमाण नै फेला पारेको दाबी गरेका छन् । 

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि करोडौँको डिल गरेको भेटिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जा राज्यमन्त्री तामाङलाई बर्खास्त गरेको बताएका छन् । हाल बर्खास्तीमा परेपछि उल्टै प्रधानमन्त्रीका विरुद्ध अनावश्यक आरोप लगाएर तामाङले ‘नौटंकी’ गरिरहेको बस्नेतले बताएका छन् । 

त्यस्तै, बस्नेतले ठेकेदारसमेत रहेका तामाङका २० भन्दा बढी योजना कालोसूचीमा रहेको भन्दै सबै ठेक्का सेटिङमा हात पारेको र काम सम्पन्न नगरी योजना नै अलपत्र पारेको समेत बताएका छन् । त्यति मात्र होइन, तामाङले उर्जा राज्यमन्त्री भएकै कारण कुलमानलाई जोगाएको नाटक गरेर अर्बौंको ठेक्कापट्टामा मिलेमतो गरेर अनियमितता गरेको बस्नेतले आरोप लगाएका छन् । 

उर्जा राज्यमन्त्री तामाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख १० गते (बुधबार) बर्खास्त गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK