Skip to content
LAXMI SUNRISE BANK

पोखरादेखि काठमाडौँ आउने अधिकांश उडान रद्द, यात्रुहरु अलपत्र ! 

अर्थ सरोकार

काठमाडौँ । पोखरादेखि काठमाडौँ आउने अधिकांश उडान रद्द भएका छन् । सोमबार बिहान पोखरादेखि काठमाडौँ आउने अधिकांश उडान मौसमका कारण रद्द भएका हुन् । 

पोखरा र काठमाडौँको मौसममा देखिएको खराबीका कारण उडान रद्द गरिएको विमानस्थलले जनाएको छ । 

सोमबार पोखरादेखि काठमाडौँका लागि टिकट काटेका यात्रुहरु बिहानै एयरपोर्ट पुगेका थिए । सुरुमा विमानस्थलले मौसम खराबीको कारण देखाउँदै उडान ढिलो हुने जानकारी दिँदै आएको थियो । तर, पछि एक्कासि सबै उडान रद्द गरिएको यात्रुहरुले बताएका छन् ।  

अधिकांश उडान रद्द हुँदा सयौँ यात्रुहरु अलपत्र परेका छन् । उडान नै रद्द भएपछि केही यात्रु एयरपोर्टबाट फर्किएका छन् भने सयौँ यात्रु अझै एयरपोर्टमै छन् । हाल पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट हुने सबै उडान ठप्प छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK