×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कवाडी संकलन गर्ने मजदुरलाई लछारपछार गर्ने नगरप्रहरी कारवाहीमा, थप छानबिन हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कवाडी संकलन गर्ने मजदुरलाई लछारपछार गर्ने नगरप्रहरी कारवाहीमा, थप छानबिन हुँदै

Artha Sarokar

३ बैशाख २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँमा कवाडी संकलन गर्ने मजदुरलाई लछारपछार गर्ने नगर प्रहरीलाई कारवाही गरिएको छ । 

काठमाडौँ-४ बालुवाटारमा साइकलमा कवाडी संकलन गर्ने एक मजदुरलाई लछारपछार गर्ने नगर प्रहरीलाई कारवाही गरिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन् । 

नगर प्रहरी प्रमुख पाण्डेका अनुसार कवाडी मजदुरमाथि अमर्यादित व्यवहार गरेको भन्दै उनीहरुलाई कारवाही गरिएको हो । उनीहरुलाई जिम्मेवारीबाट मुक्त गरी महानगर प्रहरी ऐन, २०८० बमोजिम आवश्यक कारवाहीका लागि महानगर प्रहरी बलको कार्यालयमा तानिएको पाण्डेले बताएका छन् ।

सो क्षेत्रमा कवाडी संकलन गर्नेहरुले अत्याधिक होहल्ला गरेको भन्दै स्थानीयको उजुरीपछि सो क्षेत्रमा नगर प्रहरी खटाइएको थियो । तर, मजदुरमाथि नगर प्रहरीले अमर्यादित शैलीमा धरपकड गर्दै नियन्त्रणमा लिएको पाइएपछि उनीहरु कारवाहीमा परेका हुन् । नगरप्रहरीले मजदुरमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी