काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ ।
मङ्गलबार बिहान बसेको बोर्डको बैठकले बैशाख ११ गतदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको हो ।
पछिल्लो २१ दिनदेखि चलिरहेको शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा रोकिन सक्ने अनुमान गरिएको थियो । यता शिक्षकहरुले पनि परीक्षामा सहभागी नहुने घोषणा गरेपछि परीक्षा निर्धारित मितिमै सुरु हुन्छ भन्नेमा शंका थियो ।
तर, बोर्डले परीक्षा नरोक्ने निर्णय गरेको छ । बरु सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समितिमार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरुलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने बोर्डले निर्णय गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्