काठमाडौँ । राजावादीको आन्दोलनमा दुर्गा प्रसाईं समर्थकलाई सहभागी नगराइने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत २६ गते हुने राजावादीको प्रदर्शनमा दुर्गा प्रसाईं र प्रसाईंका समर्थकलाई सहभागी नगराउने घोषणा गरेको हो ।
राप्रपाले राजसंस्था पुनर्स्थापनाका लागि मंगलबार काठमाडौँमा प्रदर्शन गर्दैछ । तर, सो प्रदर्शनमा राप्रपाले दुर्गा प्रसाईंका समर्थकहरुलाई सहभागी नगराउने र कुनै सहकार्य नगर्ने नीति लिएको राप्रपाका एक नेताले जनाएका छन् ।
ती नेताका अनुसार चैत १५ गते (शुक्रबार) तीनकुनेमा भएको हिंसात्मक आन्दोलनका क्रममा भएका क्षतिको दोषी दुर्गा प्रसाईं भएको दाबी गर्दै राप्रपाले अब राजावादीको प्रदर्शनमा प्रसाईं र प्रसाईंका समर्थकसँग कुनै सहकार्य नगर्ने नीति लिएको हो ।
प्रसाईंलाई अराजक भन्दै राप्रपाले मंगलबार हुने प्रदर्शनमा दुर्गा प्रसाईंका समर्थकले अराजकता मच्चाउन सक्ने भन्दै यस्तो नीति लिइएको राप्रपाका नेताले बताएका छन् । तीनकुनेको हिंसात्मक प्रदर्शनपछि दुर्गा प्रसाईं भने फरार छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्