Skip to content
LAXMI SUNRISE BANK

अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने ! 

अर्थ सरोकार

काठमाडौँ । सवारी लाइसेन्सको अवधि १० वर्ष हुने भएको छ । केही नेपाल ऐन संसोधन विधेयक प्रतिनिधि सभाबाट पारित भएसँगै अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने भएको हो । 

यसअघि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार लाइसेन्सको अवधि पाँच वर्ष मात्रै कायम गरिएको थियो । तर, अब भने उक्त व्यवस्था बदर गर्दै केही नेपाल ऐन संशोधन विधेयकमार्फत सवारी लाइसेन्सको अवधि १० वर्ष बनाइएको हो । 

अघिल्लो सरकारको पालमा तत्कालीन कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ल्याएको विधेयक केपी ओली नेतृत्वको सरकार हुँदा प्रतिनिधि सभाबाट पारित भएको छ । योसँगै अब लाइसेन्स नवीकरण गर्दा पनि १० वर्षका लागि नवीकरण हुनेछ । 

मंगलबार प्रतिनिधि सभाले पारित गरेको उक्त विधेयक अब राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाबाट पारित भएपछि उक्त विधेयक पुनः प्रतिनिधि सभामा आउँछ र सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा लागू हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK