×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्रकमा भेटिएको २५ करोडका मालिक खासा व्यापारी भएको खुलासा, डलर तस्करीको उद्धेश्य चीनबाट सुन तस्करी ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ट्रकमा भेटिएको २५ करोडका मालिक खासा व्यापारी भएको खुलासा, डलर तस्करीको उद्धेश्य चीनबाट सुन तस्करी ! 

Artha Sarokar

२२ चैत्र २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँको टोखास्थित झोर क्षेत्रमा ट्रकमा भेटिएको २५ करोड बराबरका डलरका मालिक खासा व्यापारी भएको खुलेको छ । प्रहरीले गरेको अनुसन्धानका क्रममा नारायण पौडेल खासा व्यापारी भएको खुलेको हो ।

ट्रकमा भेटिएको सो २५ करोड बराबरको डलर पौडेलकै भएको राजस्व अनुसन्धान विभागले निष्कर्ष निकालेको छ । 

प्रहरीका अनुसार उनले नेपाल-तिब्बत सिमानास्थित न्यालम काउन्टीमा अवस्थित खासा बजारबाट सामान आयात गर्ने गर्दथे । उनले तिब्बतियनसँग महिलासँग विवाह गरेका थिए । त्यसयता उनले चीनबाट व्यापारसँगै सुनको अवैध तस्करी गर्ने गरेको समेत खुलेको छ । 

प्रहरीका अनुसार गतवर्ष उनकी पत्नीको निधन भएको थियो । उनी सिन्धुपाल्चोकमा नाम चलेका व्यापारी हुन् । उनी खासाबाट सामान आयात गरे व्यापार गर्दागर्दै तस्करीमा लागेको पनि खुलासा भएको छ । तस्करीका लागि उनले सुरुमा तातोपानी नाक प्रयोग गर्ने गरेको भए पनि २०७२ सालपछि नाका बन्द हुँदा उनले तस्करीका लागि रसुवा नाकालाई सुन तस्करीको रुटका रुपमा प्रयोग गर्न थालेका थिए । 

चैत १५ गते पनि पौडेलले २५ करोड बराबरको डलर र युरो चीन तस्करी गरेर केरुङ नाका हुँदै सुन ल्याउने योजना रहेको खुलेको छ । तर, प्रहरीले ट्रकमा लुकाइछिपाइ तस्करी गरिँदै गरेको अवस्थामा २५ करोड बराबरको डलर र युरो बरामद गरेको हो । डलर तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले ट्रक चालक कुसाङ लामालाई पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्धान गर्दै जाँदा सो रकमको मालिक पौडेल रहेको खुलेको थियो । हाल पौडेलविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । तर, उनी भने फरार छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी