Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँमा प्रदुषण उच्च, तुवाँलोले ढाकियो आकाश (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण एक सातादेखि उच्च रहेको छ । आइतबारदेखि निकै अस्वस्थकर भएको काठमाडौँको वायुको गुणस्तर केही स्थानमा खतराको तहमा पुगिसकेको छ । बिहीबार काठमाडौँ विश्वको प्रदूषित सहरमध्ये दोस्रो स्थानमा रहे पनि वायुमण्डलमा खैरो धुँवा उडे जस्तो देखिएको छ ।

हरेक वर्ष सुक्खायाममा समग्र दक्षिण एसिया र विशेष गरी काठमाडौँ वायु प्रदूषणबाट ग्रसित हुने गरेको छ । सामयिक सन्दर्भमा पनि काठमाडौँ विश्वकै प्रदूषित सहर बनेको छ । काठमाडौँ उपत्यकामा तुवाँलो कति घना छ भने एक किलोमिटर आसपासका दृश्य पनि प्रस्टसँग देख्न मुस्किल छ । अझै केही दिन यस्तै अवस्था रहने प्रक्षेपण गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK