×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डको अपिल- ‘शिक्षक आन्दोलन नरोक्नू, धोका हुनसक्छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रचण्डको अपिल- ‘शिक्षक आन्दोलन नरोक्नू, धोका हुनसक्छ’

Artha Sarokar

९ बैशाख २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शिक्षक आन्दोलन नरोक्न अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले शिक्षकहरुलाई यस्तो अपिल गरेका हुन् । 

प्रचण्डले यसअघि पनि पटकपटक सरकारबाट शिक्षकहरुले धोका पाएको भन्दै यसपटक माग पूर्ण रुपमा सम्बोधन नहुँदासम्म आन्दोलन नरोक्न अपिल गरेका छन् । 

यसपटक पनि सहमति गरेर घर फर्किए पुनः शिक्षकहरुले धोका पाउन सक्ने प्रचण्डले बताएका छन् । त्यसैले पनि आन्दोलनलाई धैर्यतापूर्वक जारी राख्न प्रचण्डले आन्दोलनरत शिक्षकहरुलाई आग्रह गरेका छन् ।

त्यस्तै, प्रचण्डले शिक्षकहरुको आन्दोलनकै बीचमा शिक्षामन्त्रीले पदबाट राजिनामा दिनु सरकारको गैरजिम्मेवारीको अर्को प्रमाण भएको पनि बताएका छन् । शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरु पछिल्लो २१ दिनदेखि काठमाडौँमा आन्दोलनरत छन् । सरकारसँग पटक पटक वार्ता भए पनि सहमति भने हुन सकेको छैन ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी