Skip to content
LAXMI SUNRISE BANK

रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने तयारी !

अर्थ सरोकार

काठमाडौँ । रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने तयारी गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षामन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

पन्तलाई शिक्षामन्त्री नियुक्त गर्ने प्रधानमन्त्रीले तयारी गरेको प्रधानमन्त्री स्रोतको दाबी छ ।

एमालेका समानुपातिक सांसद पन्तलाई शिक्षा मन्त्री नियुक्त गर्ने र भोली (बिहीबार) शपथ ग्रहण गराउने तयारी गरिएको छ । बैशाख ८ गते विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजिनामा दिएपछि एमालेले पन्तलाई शिक्षामन्त्री बनाउने तयारी गरिएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK