काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गर्न आग्रह गरेका छन् । मंगलबार सभामुख देवराज घिमिरेलाई भेटेर लामिछानेले यस्तो आग्रह गरेका हुन् ।
सांसद पद निलम्बन फुकुवाको माग गर्न लामिछानेसहित रास्वपा सांसदहरुको टोलि सभामुखकहाँ पुगेका थिए ।
लामिछानेले यसअघि माघ १८ गते पनि सभामुख घिमिरेसँग आफ्नो सांसद पद निलम्बन फुकुवा गर्न आग्रह गरेका थिए । मंगलबार पुनः लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गर्न आग्रह गरेका छन् ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि र अदालतमा सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएपछि लामिछानेको सांसद पद गत पुस ८ गते निलम्बन भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्