काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ‘अब लोडसेडिङ हुँदैन’ भने पनि उद्योगहरुमा भने १२ घण्टासम्म लोडसेडिङ भइरहेको पाइएको छ । १२ घण्टासम्म लोडसेडिङ भएपछि उद्योगीहरुले सिमेन्ट र डन्डीको भाउ बढाएका छन् ।
उद्योगीहरुले गत चैत १५ गते सिमेन्टको मूल्य प्रतिबोरा २० रुपैयाँ र डन्डीको मूल्य प्रतिकिलो ८ देखि १० रुपैयाँले घटाए पनि हाल भने सिमेन्टको मूल्य फेरि बढाएका छन् ।
यसअघिसम्म प्रतिबोरा ७ सय ५० रुपैयाँ पर्ने ओपीसी सिमेन्टको मूल्य बढाएर उद्योगीहरुले हाल प्रतिबोरा ७ सय ७१ रुपैयाँ सम्म पुर्याएका छन् । केहीले भने सो भन्दा पनि महँगो मूल्यमा सिमेन्ट बेचिरहेको निर्माण व्यवसायीहरुले बताएका छन् । निर्माण व्यवसायीका अनुसार प्रतिकिलो ८८ रुपैयाँ पर्ने डन्डीको मूल्य पनि प्रतिकिलो ९४ रुपैयाँ पुर्याइएको छ ।
एक महिनाअघि मात्रै घटाइएको सिमेन्ट र डन्डीको मूल्य बढ्नुमा उद्योगीहरुले लोडसेडिङको बाहना बनाएका छन् । उनीहरुले लोडसेडिङ बढी हुँदा उत्पादन गर्न नपाएको दाबी गरेका छन् । तर, निर्माण व्यवसायीहरुले भने हाल सिमेन्ट र डन्डीमा भएको मूल्यवृद्धिलाई कार्टेलिङ भनेका छन् ।
उद्योगीले १२ घण्टा उद्योगमा लोडसेडिङ छ भन्दा पनि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने लोडसेडिङको हल्ला गलत भएको दाबी गरेका छन् । यसले सिमेन्ट र डन्डीको मूल्यवृद्धिमा कार्टेलिङ गरिएको छ भन्ने शंकालाई थप बल दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्