काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले निवर्तमान सरकारको काम कारवाहीले गर्दा मुलुक ‘ग्रे लिस्ट’मा परेको बताएका छन् । बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समिति चालु आर्थिक वर्ष २०८१//८२ को बजेटको खर्चको स्थिति र आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको तयारी सम्बन्धी छलफलमा उनले पहिलाको सरकारले प्रतिबद्धता गरे अनुसार काम गर्न नसक्दा मुलुक ‘ग्रे लिस्ट’मा पुगेको बताएका हुन् ।
उनले तत्कालीन सरकारको गल्तीका कारण ‘ग्रे लिस्ट’मा परेको मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर ल्याउन कार्यतालिका बनाएर बढेको बताएका छन् ।
‘औपचारिक रुपमा ग्रे लिस्टमा लिष्टिङ् भएका छौँ । पहिलाका काम कारवाहीले गर्दा ग्रे लिस्टमा पर्ने अवस्था बनेको हो । यो सरकार बनेपछि भएका कामहरुका कारणले मुलुक ग्रे लिस्टमा परेको होइन ।’, अर्थमन्त्री पौडेलले भने, ‘ग्रे लिस्टबाट बाहिर आउने सन्दर्भमा एउटा कार्यतालिका बनाएका छौँ । सोही हिसाबले कामहरु पनि अगाडि बढाउने तयारीमा छौँ ।’
त्यस्तै, अर्थमन्त्री पौडेलले खर्चको व्यवस्थापनको सन्दर्भमा कानूनी व्यवस्था अद्यावधिक गर्नुपर्ने आवश्यकता रहेको भन्दै यसले विनियोजनमा कौशलको पनि पुँजीगत खर्च न्यून हुनुमा भूमिका खेलेको बताएका छन् । समितिमा बजेटको सिद्धान्त र प्राथमिकता बारे उठेको प्रश्नलाई सम्बोधन गर्दै उनले सबैभन्दा पहिला सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि त्यही अनुसार सिद्धान्त, प्राथमिकता र मिल्नेगरी बजेट निर्माण गर्ने बताएका छन् ।
सुशासन विना विकास र समृद्धि छैन् भन्ने सोचको साथमा सरकार सबै काम कारवाहीहरुलाई सुशासनमा केन्द्रीत गरेर अगाडि बढेको पनि अर्थमन्त्रीको भनाई रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्