काठमाडौँ । माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारको असक्षमताका कारण सेयर बजार घटेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद सापकोटाले यस्तो बताएका हुन् ।
नेपाली काँग्रेस र एमाले मिलेर बनेको सरकारको असक्षमताका कारण सेयर बजारमा लगातार गिरावट आएको सांसद सापकोटाले बताएका छन् ।
उनले सेयर बजार बाहेक सरकारकै असक्षमताका कारण मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेका पनि बताएका छन् । त्यसबाहेक तरलता अभाव, वैदेशिक मुद्रामा भारी गिरावट, लगानी घट्ने स्थिति सृजना हुनुका साथै बैंकिङ प्रणालीप्रति अविश्वसनियता बढेको सापकोटाले बताएका छन् ।
तर, यी गम्भीर विषयमा पनि सरकारले चासो नदेखाएको भन्दै उनले बरु सरकार बिचौलिया र कर्पोरेट हाउसका भरमा चलेको आरोप लगाएका छन् । उनले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि जवाफ माग गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्