×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नर सम्बन्धी विवादको रिट आज पनि हेर्न नभ्याइनेमा 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गभर्नर सम्बन्धी विवादको रिट आज पनि हेर्न नभ्याइनेमा 

Artha Sarokar

८ बैशाख २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सम्बन्धी विवादको रिट आज (सोमबार) पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिए पनि उक्त रिट हेर्न नभ्याइनेमा परेको हो ।

सरकारले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रोकीपाउन ‘प्रतिषेध मिश्रित परमादेश’ माग गरी शुक्रबार पूरक रिट पेस गरेका थिए ।

सर्वोच्चमा दायर गरेको उक्त रिटमा बैशाख २ गते सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले अल्पकालीन अन्तिम आदेश जारी गर्दै कारण देखाऊ र अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो ।

छलफलसँगै सर्वोच्च अदालतले तत्कालका लागि संशोधित मापदण्ड कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी