Skip to content
LAXMI SUNRISE BANK

जहाज चढ्दै दुर्गा प्रसाईंले भने- ‘पीर मानेको छैन’ 

अर्थ सरोकार

काठमाडौँ । तीनकुनेको हिंसात्मक आन्दोलनको नेतृत्व गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइँदैछ । उनलाई झापाको चन्द्रगढी विमानस्थल हुँदै बुद्ध एयरको जहाजमार्फत काठमाडौँ ल्याइँदैछ । 

विमानस्थल पुर्याउँदै गर्दा हातमा हतकडी लगाइएका प्रसाईंलाई जहाजभित्र भने हतकडी खोलेर प्रवेश गराइएको थियो । 

सोही क्रममा प्रसाईं जहाजमा भएका यात्रुहरुलाई हात हल्लाएर हाँस्दै जहाज भित्र प्रवेश गरेका थिए । सोही क्रममा प्रसाईंले यात्रुहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै ‘पक्राउ परेकोमा पीर मानेको छैन’ भनेका छन् । 

प्रसाईंको उक्त प्रतिक्रियापछि जहाजमा सवार यात्रुले ‘पीर मान्नु पनि हुँदैन है सर’ भन्दै जवाफ फर्काएका थिए । प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि सोही जहाजमार्फत काठमाडौँ ल्याइँदैछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK