काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांदि असिम शाहले अघोषित लोडसेडिङप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । उनले देशमा भइरहेको लोडसेडिङका विषयमा संसदबाट सरकारको ध्यानाकर्षण गराएका हुन् ।
शाहले पछिल्लो केही सातायता देशभर बिना सूचना लोडसेडिङ भइरहेकोप्रति आपत्ति जनाएका छन् ।
लोडसेडिङ भएकोमा उनले उर्जामन्त्रीलाई धन्यवाद दिने कि विद्युत प्राधिकरणका नयाँ एमडीलाई भन्दै प्रश्न समेत गरेका छन् । ‘अहिले न हावा न पानी त्यही पनि झ्याप्प बिजुली जान्छ ।’, उनले भने, ‘अब धन्यवाद ऊर्जामन्त्रीलाई दिने कि नयाँ एमडीलाई दिने हो सरकारले स्पष्ट पारिदिनुपर्यो ।’
त्यस्तै, उनले अहिलेजस्तै झ्यापझ्याप बत्ती गइरहने शिलशिला नरोकिए जनताले सरकारको बत्ती निभाइदिने दिन टाढा नभएको भन्दै व्यंग्य गरेका छन् । लोडसेडिङले पछिल्लो केही दिनयता संसदमा पनि राम्रै चर्चा पाइरहेको छ । बिना सूचना देशभर बत्ती जान थालेपछि नागरिकहरुले पनि प्राधिकरणप्रति आक्रोश पोखिरहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्