Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त हुने पक्का

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने पक्का भएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर बनाउने सहमति भएको हो ।

लामो समयदेखिको रस्साकस्सीपछि दुबै नेताबीच सहमति जुटेको हो । सहमतिसँगै उनलाई आजै गभर्नर नियुक्त गर्ने तयारी रहेको बुझिएको छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका प्रा.डा.  पौडेल गभर्नर सिफारिस समितिका सदस्य थिए । तर, नेपाली कांग्रेसले उनलाई गभर्नरको उम्मेदवारका रूपमा अघि सारेपछि उनले समितिबाट राजीनामा दिएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK