Skip to content
LAXMI SUNRISE BANK

मन्त्रिपरिषद् बैठकद्वारा बजेट स्वीकृत, ‘ब्रिफकेस’ बोकेर संसद् हिँडे अर्थमन्त्री

अर्थ सरोकार

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट स्वीकृत गरेको छ । दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो ।

बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमान (बजेट) पेश गरेका थिए । सो बजेट मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।

मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेसँगै अर्थमन्त्री पौडेल बजेटको ‘ब्रिफकेस’ बोकेर संघीय संसद् भवन हिँडेका छन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्रीले दिउँसो ३ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK