Skip to content
LAXMI SUNRISE BANK

कुखुराको मासुको मूल्य बढेको बढ्यै, व्यापारी खुसी, उपभोक्ता मारमा !  

अर्थ सरोकार

काठमाडौँ । कुखुराको मासुको मूल्य निरन्तर उकालो लागेको छ । पछिल्लो केही महिनायता कुखुराको मासुको मूल्य निरन्तर उकालो लागेको हो । 

गत मंसिरमा प्रतिकिलो ३ सय १५ रुपैयाँ रहेको कुखुराको मासुको मूल्य अहिले प्रतिकिलो ४ सय २० रुपैयाँदेखि ४ सय ३५ रुपैयाँसम्म पुगेको छ । 

यसो त गत वर्ष कुखुराको मासुको मूल्य ह्वात्तै घटेको थियो । बजारमा मासुको खपत घटेपछि व्यवसायीहरुले मासुको मूल्य ह्वात्तै घटाएका थिए । तर, पछिल्लो समय उपभोक्ता बजारमा मासुको खपत बढ्न थालेपछी पुनः कुखुराको मासुको मूल्य बढ्दै गएको छ । 

अर्कोतर्फ बजारमा खपत बढ्दा उत्पादन घट्नुले पनि मासुको मूल्य बढेको नेपाल पोल्ट्री महासंघले जनाएको छ । महासंघका अनुसार अहिले मासुको खपत हुने सिजन सुरु भएका कारण र उत्पादनले माग धान्न नसक्दा पनि मूल्य बढ्दै गएको हो । यसरी कुखुराको मासुको मूल्य बढ्दा व्यवसायीहरु उत्साहित भएका छन् भने उपभोक्ता एक महिनामै मासुको मूल्यमा १०० रुपैयाँ बढी तिर्नुपरेपछि मर्कामा परेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK