काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले काँग्रेस र एमालेलाई दुई जना गभर्नर बनाउन व्यङ्ग्यात्मक सुझाव दिएका छन् । प्रतिनिधि सभाको बैठकमा गभर्नर नियुक्तिको विषयमा बोल्दै सांसद ढकालले यस्तो व्यङ्ग्यात्मक सुझाव दिएका हुन् ।
उनले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा दुई दल (एमाले र काँग्रेस) बीच लडाइ चलेको उल्लेख गर्दै दुईवटा गभर्नर बनाउन सुझाव दिएका छन् ।
हाल नेपालमा हरेक संरचना राजनीतिक नियुक्तिले गिजोलेको भन्दै उनले राष्ट्र बैंक पनि राजनीतिक खिचातानीले नै गिजोलेको बताएका छन् । उनले बरु एमाले र काँग्रेसका तर्फबाट दुईवटा गभर्नर बनाएर लडाइ सल्टाउन पनि सरकारलाई सुझाव दिएका छन् ।
उनले व्यङ्ग्यात्मक रुपमा एउटा गभर्नर बिचौलिया ह्यान्डल गर्न र अर्को गभर्नर नोटमा हस्ताक्षर गर्न नियुक्ति गर्न भनेका छन् । साथै ढकालले राष्ट्र बैंकले छाप्ने नोटमा आफ्नो चुनाव चिन्ह राखे पनि हुन्छ भन्दै व्यङ्ग्य गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्