×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हरिसँग चुनाव हारेका काँग्रेस नेता पौडेल बने राष्ट्र बैंकको गभर्नर, कांग्रेसी सीइओहरु खुसी, एमाले सीइओहरु पेलिने डरमा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

हरिसँग चुनाव हारेका काँग्रेस नेता पौडेल बने राष्ट्र बैंकको गभर्नर, कांग्रेसी सीइओहरु खुसी, एमाले सीइओहरु पेलिने डरमा !

Artha Sarokar

६ जेष्ठ २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली कांग्रेसका नेता विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका छन् । मंगलबार सिफारिस समितिको औपचारिकता निभाएर नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीचको सहमति अनुसार पौडेल राष्ट्र बैंकको गभर्नर बनेका हुन् ।
यसअघिको चुनावमा चितवन क्षेत्र नम्बर १ मा रास्वपाका नेता हरि ढकालसँग चुनाव हारेका पौडेल यस अघि गभर्नर सिफारिस समितिका संयोजक थिए । तर पछि उनै गभर्नर बने ।
पौडेलले नियुक्तिपछि प्रतिक्रिया दिँदै उनले आफू नियामक निकायमा रहँदा स्वतन्त्र भएर काम गर्ने बताए । उनको नियुक्तिसँगै कांग्रेसी सीइओहरु अव आफुलाई सहज हुने र राष्ट्र बैंकले पेल्न खोजे सिधै काँग्रेस सभापतिकहाँ जाने भन्दै खुसी भएका छन् भने एमाले सीइओहरु पेलिने डरले तर्सिएका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी