Skip to content
LAXMI SUNRISE BANK

सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

सूचना प्रविधि केन्द्रको उपकरणहरु खरिद गर्दा ५ करोड ७९ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पौडलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । 

अख्तियारका अनुसार सोही भ्रष्टाचार मुद्दामा अन्य पाँच जनालाई पनि प्रतिवादी बनाइएको छ । अख्तियारले उक्त मुद्दामा पौडेल बाहेक केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, तत्कालीन लेखा अधिकृत निम बहादुर वली, म्याम्स इन्टरनेशनल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अकबर हुसेनलाई प्रतिवादी बनाएको छ । 

उनीहरुले उपकरणहरु खरिद गर्दा बढी मूल्यमा खरिद गरेर भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ । उक्त प्रकरणमा पाँच जनासहित कम्पनीविरुद्ध पनि मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध ५ करोड ७९ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK