काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुने बताएका छन् । पार्टीको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।
बैठकमा नेताहरुले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाई भएको विषयमा चासो व्यक्त गरेका थिए । नेताहरुको चासोपछि देउवाले गभर्नर नियुक्तिमा ढिलाई भएको स्वीकार गर्दै छिट्टै नियुक्ति हुने बताएका छन् ।
देउवाले राष्ट्र बैंकको गभर्नर प्रोफेसनल हुनुपर्ने भन्दै अब एउटा सहमतिबाट निर्णय हुने बताएको बैठकमा सहभागी एक नेताले बताएका छन् । उनले राष्ट्र बैंकजस्तो संवेदनशील निकायको नेतृत्व छान्ने कुरा हतारमा गर्न नहुने भन्दै अबको केही दिनमै गभर्नर नियुक्त हुने बताएको ती नेताले बताएका छन् ।
यथार्थमा नेकपा एमाले र काँग्रेसबीच सहमति हुन नसक्दा गभर्नर नियुक्तिमा ढिलाई भएको हो । अझै पनि दुई दलबीच गभर्नरको विषयमा अन्तिम निर्क्योल हुन नसकेको स्रोतको दाबी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्