Skip to content
LAXMI SUNRISE BANK

संसदमा लोडसेडिङको चर्चाः माओवादी सांसदले भनिन्- ‘बिना सूचना लोडसेडिङ हुँदा जनता मर्कामा परे’

अर्थ सरोकार

काठमाडौँ । माओवादी केन्द्रकी सांसद नारायणी शर्माले लोडसेडिङका विषयमा संसदबाटै सरकारको ध्यानाकर्षण गराएकी छिन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले अघोषित लोडसेडिङबारे सरकारको ध्यानाकर्षण गराएकी हुन् । 

उनले पछिल्लो केही महिनायता अघोषित रुपमा लोडसेडिङ भइरहेको भन्दै लोडसेडिङ पनि अत्याधिक भइरहेको बताएकी छिन् । 

बिना सूचना लोडसेडिङ हुने क्रम बढेपछि नागरिक मर्कामा परेको सांसद शर्माले बताएकी छिन् । नले सरकारलाई अघोषित लोडसेडिङका विषयमा विद्युत प्राधिकरणलाई रुलिङ गर्न पनि माग गरेकी छिन् । 

यसो त नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएयता ठाउँठाउँमा अघोषित लोडसेडिङको गुनासो बढेका छन् । अझ कतिपय ठाउँमा प्राधिकरणका कार्मचारीले मापसे गरेर विद्युत काटेको आरोप लागेपछि कर्मचारीहरुको मापसे जाँचसमेत गरिएको छ । 

यता काठमाडौँको कोटेश्वर, तीनकुने, बानेश्वर, जडिबुटी क्षेत्रमा पनि अत्याधिक लोडसेडिङ हुन थालेपछी स्थानीयहरुले प्राधिकरणप्रति आक्रोश पोख्दै कि लोडसेडिङ बन्द गर्न नभए लोडसेडिङको तालिका सार्वजनिक गर्न माग गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK