काठमाडौँ । मोबाइल वालेट सर्भिस प्रदायक ई-सेवाको कोर सिष्टमलाई ह्याकरले केहि समय नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो ह्यकरको प्रवेश गर्दा सिष्टममा समस्या आएको छ भने इसेवामा कारोबार ठप्प भएको छ ।
इसेवामा कार्यरत एक उच्च तहका प्राविधिक अनुसार ह्याकरबाट सिष्टम नियन्त्रणमा लिईसकिएको भए पनि, सिष्टममा विभिन्न बग देखिएका कारण कारोबार सूचारु हुन सकेको छैन ।
इसेवामा यस अघि पनि यस्तो समस्या थुप्रै पटक आउने गरेको थियो । ई-सेवा खोल्दा लग इन नहुने, लग इन भए पनि कारोबार नहुनेलगायतका समस्या देखिएका छन् ।
‘ह्याकरको कब्जाबाट हामीले सिष्टम आफ्नो नियन्त्रणमा लिईसकेका छौँ । तर, कारोबार भने हुन सकेको छैन । ह्याकरले सिष्टममा छिरेका कारण आईपरेका बगहरु फिक्स गर्ने क्रम जारी छ ।’ ती कर्मचारीले अर्थ सरोकारसँग भने, ‘प्रयोगकर्ताको रकम तलमाथि भएको-नभएको विषयमा पनि अनुसन्धान गर्दैछौं ।’
इसेवा ह्याक भएको विषय नेपाल राष्ट्र बैंकलाई मौखिक रुपमा गईसकेको छ । राष्ट्र बैंकले पनि यस विषयमा विवरण पठाउन निर्देशन दिईसकेको छ ।
यस विषयमा बुझ्न सम्पर्क गर्न खोज्दा इसेवाका सीइओ जगदीश खड्का सम्पर्कमा आएनन् । उनी इसेवाको सीइओ भएपछि लगातार वालेटमा समस्या आईरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्