Skip to content
LAXMI SUNRISE BANK

सेयर लगानीकर्तालाई बजेटमार्फत ‘सरप्राइज’ दिने अर्थमन्त्रीको तयारी ! ‘एउटा पोजेटिभ सर्प्राइज हुनसक्छ, अर्को नेगेटिभ’

अर्थ सरोकार

काठमाडौँ । गभर्नरको पूर्वघोसित तयारीलाई समेत ‘सर्प्राइज’ मान्ने सेयर लगानीकर्ताले बजेटमार्फत भने साँचो अर्थको सर्प्राइज पाउने सम्भावना देखिएको छ । अर्थमन्त्रीले पूँजीगत लाभ करलाई अन्तिम घोषणा गरेर पोजेटिभ सर्प्राइज दिने तयारी गरेको बुझिएको छ भने अर्कोतर्फ पूँजीगत लाभ कर केहि बढाएर ‘नेगेटिभ सर्प्राइज’ दिने तयारी गरिएको बुझिएको छ ।
विश्वस्त स्रोतका अनुसार पूँजीगत लाभ कर केहि बढाएर राजश्व बढाउने योजना अर्थमन्त्रीको छ । सो विषयमा मन्त्रीले जानकारहरुसँग पटक पटक छलफल गरेका छन् । यद्यपी यसको निर्णय के भयो भन्ने विषय भने बजेट घोषणाकै दिन मात्र थाहा हुनेछ ।
अर्थमन्त्रीलाई पूँजीगत लाभकर बढाउने विषयमा सल्लाहकारले दुईथरी सल्लाह दिएका छन् । एकाथरी लगानीकर्ताले सो निर्णयले सेयर लगानीकर्ताको विरोध आउने र त्यसले समग्र सरकारलाई नै असर गर्ने भन्दै त्यसो नगर्न सल्लाह दिएका छन् भने अर्काथरी सल्लाहकारले थोरै कर बढाउँदा र त्यसलाई अन्तिम भनिदिँदा ब्यालेन्स पनि हुने र कर पनि बढ्ने सुझाव दिएका छन् ।
अर्थमन्त्रीले कसको सल्लाह मान्छन् भन्ने तथ्य भने हेर्न बाँकी नै छ ।
यतिबेला सरकार स्रोतको चापमा छ । सरकार कुनै हालतमा करको दर बढाएर अघि बढ्न सक्ने संकेत देखिन्छ । यद्यपी सेयर बजारमा निकै पोजेटिभ माहोल बनाएका अर्थमन्त्री विष्णु पौडेलले सेयर लगानीकर्तालाई नै चिढ्याउने काम गर्लान् कि नगर्लान् भन्ने विषय भने पर्खाइको विषय नै बनेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK