Skip to content
LAXMI SUNRISE BANK

‘कानून विपरीत गभर्नर नियुक्त गरियो, छानबिन हुनुपर्छ’- ज्ञानेन्द्र शाही 

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति कानून विपरीत भएको बताएका छन् । अर्थ समितिको बैठकमा भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गर्दै शाहीले यस्तो बताएका हुन् । 

उनले सरकारले गरेको गभर्नर नियुक्ति कानून विपरीत भएको दाबी गरेका छन् । 

यतिसम्म कि सांसद शाहीले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्व पौडेल गभर्नर बन्न अयोग्य रहेको समेत बताएका छन् । समितिको बैठकमा बोल्दै उनले गभर्नर नियुक्तिको विषयमा छानबिन गर्न पनि माग गरेका छन् । 

‘गभर्नर नियुक्तिको विषयमा छानबिन गर्न संसदीय समिति बनाइयोस् ।’, उनले भने, ‘राष्ट्र बैंकको गभर्नर कानुन विपरीत नियुक्त गरिएको छ । छानबिन गरिनुपर्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK