काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राविधिक समस्याका कारण बत्ती गएको दाबी गरेका छन् । बिना सूचना झ्यापझ्याप बत्ती जान थालेपछी आकस्मिक पत्रकार सम्मेलन गर्दै शाक्यले प्राविधिक कारणले बत्ती गएको दाबी गरेका हुन् ।
उनले लोडसेडिङ गर्ने वा हुनुपर्ने कुनै नियत नभएको भन्दै बत्ती जानुमा प्राविधिक समस्या कारण रहेको बताएका छन् ।
पछिल्लो केही सातायता देशभरका विभिन्न ठाउँमा बिना सूचना झ्यापझ्याप बत्ती गइरहेको छ । बिहीबार साँझ पनि करिब दुई घण्टा बत्ती गएको थियो । तीन पटकसम्म बत्ती गएपछि नागरिकहरुले प्राधिकरणमा फोन गरेरै कर्मचारीलाई गाली गरेका थिए ।
लोडसेडिङका विषयमा व्यापक जनगुनासो आउन थालेपछी शाक्यले आकस्मिक पत्रकार सम्मेलन गर्दै प्राविधिक समस्याले बत्ती गएको दाबी गरे । उनले बत्ती गएको विषयलाई प्राधिकरणले गम्भीरतापूर्वक लिएको बताएका छन् । बिहीबार शाक्यले भार तथा वितरण प्रणालीको निरीक्षण समेत गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्