Skip to content
LAXMI SUNRISE BANK

पत्रकार सम्मेलन गर्दै गृहमन्त्री रमेश लेखक, संसदमा बोल्न नपाएपछि क्यामेरामा बोल्ने तयारी !

अर्थ सरोकार

काठमाडौँ । भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् । जति गर्दा पनि संसद्मा विपक्षीले बोल्न नदिने देखेपछि उनले पत्रकार सम्मेलन गर्ने तयारी गरेका हुन् । 

भिजिट भिसा प्रकरणमा नाम मुछिएपछि प्रतिपक्ष दलहरुले गृहमन्त्रीको राजिनामा माग्दै संसद्मा अवरोध गर्दै आएका छन् । उनीहरुले गृहमन्त्रीले तत्काल पदबाट राजिनामा दिएर अनुसन्धानका लागि मार्ग प्रसस्त गर्नुपर्ने माग राखेका छन् । 

तर, भिजिट भिसा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गर्दै आएका गृहमन्त्री लेखकले भने संसद्मा बोल्न समय माग गर्दै आएका छन् । तर, संसद्मा बोल्न पाउने सम्भावना साह्रै कम देखेपछि उनले पत्रकार सम्मेलन गरेर आफ्ना कुरा राख्ने तयारी गरेका हुन् । 

यद्यपि सत्तापक्ष र प्रतिपक्षबीच संसद्को अवरोध हटाउने विषयमा छलफल भइरहेको छ । अवरोध हटे र संसद्मा बोल्न पाए गृहमन्त्रीले पत्रकार सम्मेलन गर्ने छैनन् भने संसद्मा जवाफ दिन नपाए पत्रकार सम्मेलन गर्ने लेखक निकट स्रोतले बताएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK