Skip to content
LAXMI SUNRISE BANK

गृहमन्त्रीको प्रष्टोक्तिः ‘भिजिट भिसा प्रकरणमा मेरै कुनै हात छैन, जबर्जस्ती मलाई फसाउन खोजिँदैछ’

अर्थ सरोकार

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । 

उनले बाहिर चलाइएका हल्लामा कुनै सत्यता नभएको र भिजिट भिसा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गरेका हुन् । उनले उक्त प्रकरणमा पक्राउ परेका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन विभागका प्रमुख तीर्थराज भट्टराईलाई आफूले अध्यागमन विभागमा नपठाएको पनि दाबी गरेका छन् । 

पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले राष्ट्रसेवक तथा सार्वजनिक पद धारण गरेका कर्मचारीमाथि भएका अनुसन्धानका फेहरिस्त प्रस्तुत गर्दै कर्मचारीमाथि अनुसन्धान गर्दा सम्बन्धित मन्त्रालयको नेतृत्वमाथि प्रश्न उठाउन ठिक नभएको पनि बताएका छन् ।

उनले सामाजिक सञ्जाल वा समाचार माध्यममा प्रश्न उठेकै आधारमा राजिनामा दिनु नपर्ने भन्दै समाचारमा आएकै भरमा राजिनामा दिनु ठिक नभएको पनि बताएका छन् ।

त्यस्तै, उनले आफूमाथि लगाइएको आरोप र मागिएको राजिनामा पूर्णतहः पूर्वाग्रही र राजनीतिक प्रतिशोध भएको पनि बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK