×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘म अन्यायमा परेँ, अपराध जसले गर्यो उसैलाई मात्र कारवाही हुनुपर्छ’ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘म अन्यायमा परेँ, अपराध जसले गर्यो उसैलाई मात्र कारवाही हुनुपर्छ’ 

Artha Sarokar

१४ जेष्ठ २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफूलाई भिजिट भिसा प्रकरणमा षड्यन्त्रपूर्वक फसाउन खोजिएको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले भिजिट भिसामा नियोजित रुपमा आफूलाई फसाउन षड्यन्त्र गरिएको बताएका हुन् । 

भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरिसकेको भन्दै गृहमन्त्री लेखकले अनुसन्धानमा सघाउने बताएका छन् । 

तर, जबर्जस्ती आफूमाथि लगाइएको आरोप गलत भएको भन्दै गृहमन्त्री लेखकले प्रतिशोध साँधेर मागिएको राजिनामा गलत भएको बताएका छन् । साथै उनले आफूमाथि अन्याय भएको भन्दै आफूलाई न्याय दिनुपर्ने पनि बताएका छन् । 

उनले एउटाले गरेको आपराधिक गतिविधि अर्कोमा नसर्ने भन्दै आफूले नगरेको कामको जिम्मेवारी लिन भन्नु इर्श्या, पूर्वाग्रही र प्रतिशोध भएको दाबी गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी