काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख पक्राउ परेका छन् । मानव तस्करीमा संलग्नता रहेको आरोपमा बुधबार प्रहरीले अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई पक्राउ गरेको हो ।
मानव तस्करीमा भट्टराईको संलग्नता देखिने प्रमाण फेला परेपछि उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारीले बताएका छन् ।
ती अधिकारीका अनुसार भट्टराईलाई पक्राउ गरेर उनको मोबाइलसमेत जफत गरिएको छ । मोबाइलसँगै आवश्यक कागजातहरु पनि नियन्त्रणमा लिएर भट्टराईमाथि थप अनुसन्धान सुरु गरिएको ती अधिकारीले बताएका छन् ।
यसो त मानव तस्करीमा तस्करसँग भट्टराईको साँठगाँठ रहेको सूचना पुगेपछि अख्तियारले अनुसन्धान थालेको थियो । सो सूचना गृह मन्त्रालयसम्म पुगेको थियो । सो सूचना पाउनसाथ उनी एकदिन अघि मात्र सरुवामा परेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्