Skip to content
LAXMI SUNRISE BANK

रसुवाबाट ठुलो परिमाणमा सुन बरामद

अर्थ सरोकार

काठमाडौँ । रसुवामा ठुलो परिमाणमा सुन बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाले केरूङ नाका हुँदै काठमाडौं आउँदै गरेको एक गाडीबाट झण्डै ७ किलो ६५३ ग्राम सुन बरामद गरेको हो ।

रसुवागढी नाकामा स्याउ बोकेको बा ४ ख ६२०१ नम्बरको गाडीबाट सातवटा सुनका बिस्कुट फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ ।

बरामद गरिएको सुनको परीक्षणको काम भईरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK