काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त समितिमा निवर्तमान गभर्नर अधिकारीलाई सदस्य नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारले गत चैत १० मा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति गठन गरेको थियो । उक्त समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना अयोगका पूर्वउपाध्यक्ष प्रा. डा. विश्वनाथ पौडेल सदस्य थिए ।
तर, राष्ट्र बैंकको गभर्नर नियुक्तिमा व्यापक राजनीतिकरण भएको र एकपटक पनि गभर्नर सिफारिस समितिको बैठक नबसी गभर्नर फाइनल गर्न थालेको भन्दै उनले उक्त समितिबाट राजिनामा दिएका थिए । भट्टराईको राजिनामा पछि गभर्नर सिफारिस समितिमा सदस्य पद रिक्त थियो । सोही रिक्त पदमा सरकारले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताएका छन् ।
यता सिफारिस समितिमा महाप्रसादको ‘इन्ट्री’ ले गभर्नर नियुक्तिले नयाँ मोड लिने राजनीतिज्ञहरुले अनुमान लगाएका छन् ।
यसो त यसअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र देउवापत्नी आरजु राणाले सिफारिस समितिमा काँग्रेसका ‘एस म्यान’लाई सदस्य बनाउन जोडबल गरेका थिए । तर, हाल समितिमा एमाले निकट मानिएका अधिकारीको ‘इन्ट्री’ ले गभर्नर पनि एमालेकै हुने त होइन ? भन्ने शंकामा थप बल पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्